• 2:34 pm

क्यान्टोनमेन्टमा दोषी देखिए जेल जान तयार रहेकाे प्रधानमन्त्री प्रचण्डकाे स्पष्टोक्ति(भिडियाे सहित)

प्रकाशित मिति

२०८० जेष्ठ ४ गते, बिहीबार ०१:४३

४ जेठ २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्धन्द्धको विषयमा उठेका विषयमा आफू दोषी देखिएमा जेल जान तयार रहेको स्पष्ट पारेका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले कुरा बताएका हुन् ।


सांसद शाहीले प्रहरीले ४ महिनादेखि तलब नपाएको, पूर्व लडाकुको को हुन् रेकर्डसमेत नभएकोजस्ता विषय उठान गर्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। ‘लडाकु शिविरमा व्यापक भ्रष्टाचार भयो भन्ने छ। विशेष समिति बनाएर छानबिन गर्न तपाईं तयार हो?’ उनले सोधेका थिए।


उनले राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले द्धन्द्धकालमा भएका विभिन्न भ्रष्टाचारका सवालमा प्रश्न उठाएका थिए । सो प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘क्यान्टोनमेन्टको विषय कपोकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ । कसैले दिएको उजुरीको आधारमा छानबिन भएर दोषी ठहरिएमा म आफैँ जेल जान तयार छु ।’


लडाकु शिविरका कुरा राजनीतिक आग्रह र पूर्वाग्रहका साथ बेलाबेला उठ्ने गरेको प्रधानमन्त्री दाहालले बताए। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री हुँदा रूजु गरेर यो विषय टुंग्याइएको उनको भनाइ छ। उनले लडाकुलाई पैसा दिँदा व्यापक भ्रष्टाचार भयो भनेर आरोपका लागि आरोप लगाउने काम मात्रै भइरहेको पनि बताए।

प्रतिकृया