प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने सांसद धेरै भएपछि नियमावलीको नियम ‘निलम्बन’
प्रकाशित मिति
२०८० जेष्ठ ४ गते, बिहीबार ०१:२३

जेष्ठ ४, २०८०, काठमाडौँ : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा दुई घण्टाभन्दा ढिला गरेर सुरु भएको छ। प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार प्रचण्डले बिहीबार सांसदसँग प्रश्नोत्तर गर्न लागेका हुन्।
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने सांसद संख्या धेरै भएपछि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ एकदिनका लागि निलम्बन गरिएको छ ।
नेपालको संविधानको धारा ५३ बमोजिम राज्याका निर्देशक, सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव२०७८-०७९ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने भनिएको छ।
प्रतिकृया