• 4:45 pm

सुनको भाउ घट्यो, चाँदीको स्थिर

प्रकाशित मिति

२०८० जेष्ठ ४ गते, बिहीबार ११:१५

जेष्ठ ४, २०८०, काठमाडौँ : नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला सुन १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ।


हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको थियो। बुधबार प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया