• 5:06 pm

आज एकीकृत समाजवादीले काठमाडौँमा प्रदर्शन गर्ने

प्रकाशित मिति

२०८० जेष्ठ ४ गते, बिहीबार ०७:५४

जेष्ठ ४, २०८०, काठमाडौँ : आज नेकपा एकीकृत समाजवादीले विरोध प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गर्ने भएको हाे । समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतिघर मण्डलामा प्रदर्शन गर्न लागिएको हो ।


हिजो मात्र समाजवादी पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शरणार्थी प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिकृया