• ०६:५३ २०८१ बैशाख ७ गते
  • 6:53 am

अस्ट्रेलियाको मेलवर्नमा कार दुर्घटना, दुई नेपालीको मृत्यु

प्रकाशित मिति

२०८० जेष्ठ ३ गते, बुधबार ०३:३०

honda

३ जेठ २०८०, मेलबर्न : अस्ट्रेलियाको मेलवर्नमा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुने श्रीमान् श्रीमती हुन् । काउलिफिल्डको नर्थ एन्ड थोमस सडकमा दुई कार ठोक्किँदा उनीहरूको सोमबार राति मृत्यु भएको हो ।


तीव्र गतिमा गुडिरहेको बीएमडब्ल्यू र होन्डा कार ठोक्किएको बताइएको छ । होन्डा कारमा सवार नेपाली दम्पतीको घटनास्थलमै मृत्यु भएको अस्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् । बीएमडब्ल्यूमा सवार दुवै जना भने गम्भीर घाइते भएका छन् ।


प्रहरीले गाडी तीव्र गतिमा गुड्नु तथा ट्राफिक नियमको उल्लंघनका कारण दुर्घटनाको भएको जनाएको छ ।

प्रतिकृया