
फ्रान्सको रिभेरिया सहरमा ७६ औं कान्स फिल्म फेस्टिभल सुरू
प्रकाशित मिति
२०८० जेष्ठ ३ गते, बुधबार ०२:२३

जेष्ठ ३, २०८०, काठमाडौँ : ७६ औं कान्स फिल्म फेस्टिभल सुरू भइसकेको छ। मंगलबारदेखि फ्रान्सको रिभेरिया सहरमा फेस्टिभल सुरू भएको हो। यस फेस्टिभलमा बलिउड अभिनेत्री सारा अली खान लगायतले डेब्यू गरेका छन्।
बलिउड अभिनेत्री सारा लेहेंगा लगाएर कान्सको रातो कार्पेटमा पुगेकी थिइन्। उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै साराको चर्चा भइरहेको छ।
रातो कार्पेटमा ब्रूट इन्डियासँग कुराकानी गर्दै साराले भनिन्, ‘हेलो नमस्ते! म थोरै नर्भस छु। मैले यहाँ आउने सपना देखेको थिएँ, म यहाँ छु भनेर विश्वास लागिरहेको छैन। मैले सन्दीप खोसलाले बनाएको लेहेंगा लगाएको हुँ।’
प्रतिकृया