जापानमा ट्रकले बसलाई ठक्कर दिँदा २ नेपालीको मृत्यु
प्रकाशित मिति
२०८० जेष्ठ ३ गते, बुधबार १०:४६

जेष्ठ ३, २०८०, काठमाडौँ : जापानमा रोकि राखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ। ४० जना सवार सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या आएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। ट्रकको ठक्करबाट दुई नेपाली र एक जापानी महिलाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
रोकिरहेको बसलाई तिव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिकृया