• 4:05 pm

संसद् र मन्त्री अरुले नै चलाउछन्, हामी त डमीमात्रै रहेछौं : पर्यटनमन्त्री किराँती

प्रकाशित मिति

२०८० जेष्ठ २ गते, मंगलवार ०२:५१

जेष्ठ २, २०८०, काठमाडौँ : पर्यटमन्त्री सुदन किराँतीले संसद् र मन्त्री अरुले नै चलाउने अनुभूति आफूलाई भएको बताएका छन्। मंगलबार संघीय संसद्‍ अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले उक्त खुलासा गरेका हुन्।


उनले भने, ‘यहाँ अरुले नै संसद चलाउँदो रहेछ। हामी त डमीमात्रै रहेछौं। अरुले नै चलाउँदो रहेछ मन्त्री त। हामी त शोकेशको मान्छे मात्रै रहेछौं। मलाई लागेको कुरा यो हो। हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ। र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ। संसदमा हाम्रो सक्रिय भूमिका भइदिनु पर्‍यो। चासो गरिदिनु पर्‍यो। तपाईंहरूले बोलिदिनु पर्‍यो। अनिमात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ।’


मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे ।

प्रतिकृया