प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा छलफल
प्रकाशित मिति
२०८० जेष्ठ २ गते, मंगलवार ११:५७

जेष्ठ २, २०८०, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।आजको भेटवार्तामा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको जनाइएको छ।
भेटमा प्रधानमन्त्रीले संसदीय समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको भन्दै संसदमा विचाराधीन विधेयकहरू टुङ्गो लगाउन अब सहज हुने अपेक्षा लिएको बताएका छन् । भेटमा प्रधानमन्त्रीले सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी समेत गराएका छन् ।
प्रधानमन्त्रीले सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको प्रयासलाई सराहनीय भएको र आगामी दिनमा समेत यही अपेक्षा राखेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
‘सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरूको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु’, सभामुख घिमिरेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्रतिकृया