विद्यार्थी संगठन्पार्टी विशेषको भन्दा पनि प्रतिपक्ष भूमिकामा रहनु पछ
प्रकाशित मिति
२०८० जेष्ठ २ गते, मंगलवार ११:२७

जेष्ठ २, २०८०, काठमाडौँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विद्यार्थी संगठनका नेताहरुले विद्यार्थी संगठनहरु शैक्षिक र सामाजिक रुपान्तरणको लागि भन्दा पनि कुनै पार्टी विशेषका एजेण्डा लागू गर्ने माध्यममा सिमित भएको आरोप लगाएका छन् । राजधानीको संवाद डबलीमा सोमबार ५९ औं विद्यार्थी दिवस मनाउने क्रममा यस्ताे बताएका हुन् ।
संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले संसदवादीदल निकट विद्यार्थी संगठनहरुले प्रतिपक्षको भूमिका भन्दा पनि आफ्नो माउ पार्टीका राम्रा–नराम्रा दुबै कामहरुको बचाउ या समर्थ नगर्ने गरेको धारणा राखे । गजुरेलले पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि त्यही भएको आरोप लगाउँदै भने,“भ्रष्टाचार विरोधी आन्दोलनका नाममा आफ्नो पार्टीलाई अन्धो समर्थन गरिरहेको बुझेका छौं जुन कुरा एमसीसी प्रकरणमा पुष्टि भइसकेको छ ।”
संगठनका अर्का अध्यक्ष मिलन राईले संसदवादी पार्टी निकट विद्यार्थी संगठनमा गणेश प्रवित्तिहावी भएको आरोप लगाए । अध्यक्ष राईले अबको नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्व आफू नेतृत्वको अखिल(क्रान्तिकारी)ले गर्ने दाबी समेत गरेका छन् । पछिल्लो समयमा विद्यार्थी आन्दोलनमा विभिन्न विकृति–विसंगतिहरु मौलाएकोले आन्दोलनलाई नयाँ शिराबाट उठ्न गरेर त्यसको शुद्धिकरण गर्नु पर्ने धारणा राखे ।
आदर्श, मुल्य र मान्यताबाट च्यूतभएको बताउँदै अध्यक्ष राइले भने,“ती संगठनहरुलाई गाली गरेर मात्रै छुटकारा मिल्दैन बरु हामीले नयाँकोणबाट क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई उठान गर्नु पर्छ ।” विद्यार्थी आन्दोलन् राजनीति आन्दोलनको अंशभएको तर यसले मुलतः शैक्षिक क्षेत्रको सुधार मुख्य अविभारा हो, राईले थपे ।
कार्यक्रमको अध्यक्षता गरेका संगठन उपाध्यक्ष वीरेन्द्र शाहले हरेक सदस्य आफू क्रान्तिकारी कम्युनिस्ट बन्ने कुरा मुख्य विषय भएकोले आत्म शुद्धिकरण गर्न सकेमा मात्रै क्रान्ति सम्भव हुने धारणा राखे । संगठनकी अर्की उपाध्यक्ष शिलु न्यौपाने अपिल पत्रबाचन सहित मन्तव्य राख्दै दुई संगठनबीचको एकताले विद्यार्थी शिक्षा क्षेत्रमाभइरहेका सबै विसंगतिहरुलाई सुधार्न बल पुग्ने बताईन् ।
महासचिव रुपा बुढामगरले स्वागत मन्तव्य दिदै दुबै संगठनको एकताले नेपालको क्रान्तिकारी विद्यार्थी अन्दोलनमा नयाँ आयाम थपेको बताईन् । संगठनका अर्का महासचिव पेशलदाहालले कार्यक्रमको सञ्चालनगर्दै नाम जस्तैअखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमाआमजनताले क्रान्तिकारी सुधार गर्ने कुराको अपेक्षा राखेका र त्यहीअनुसार अघि बढ्न सक्नु पर्ने बताए । संगठनका पदाधिकारी, कार्यालय सदस्य लगायत विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया