• 3:33 pm

नेपालमै बनेको यात्री मोटरसाईकल यातायात व्यवस्था कार्यालयमाा दर्ता

प्रकाशित मिति

२०८० जेष्ठ २ गते, मंगलवार १०:२९

२ जेठ २०८०, काठमाडौँ: नेपालमै बनेको यात्री विद्युतीय मोटरसाइकल यातायात व्यवस्था कार्यालयमा दर्ता भएको छ । यसअघि आयातित सवारी साधन मात्र दर्ता हुने कानुन रहेकोमा सरकारले स्वदेशमा उत्पादित साधनलाई समेत दर्ता गर्न मिल्नेगरी संशोधन गरेपछि यात्री मोटरसाइकल दर्ता भएको हो ।


यात्री मोटरसाइकल नेपालमा उत्पादन भएर दर्ता हुने पहिलो सवारी साधन समेत बनेको छ । गएको वर्षको मे १५ तारिखमा यात्रीले ग्राहकलाई पी-वन मोटरसाइकल डेलिभर गरेपनि यातायात कार्यालयमा दर्ता हुन सकेको थिएन ।


यात्रुलाई डेलिभर गरेको एक वर्षपछि बल्ल यात्री मोटरसाइकलको ब्लुबुक बनेर यातायात कार्यालयमा दर्ता भएको हो । यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।


यो सँगै नेपालमा बनेका विद्युतीय र पेट्रोल–डिजेलबाट चल्ने सबै खालका सवारी दर्ता गर्न बाटो खुलेको छ । कानुन बाधक भएकाले नेपालमै बनेको विद्युतीय मोटरसाइकलहरु दर्ता हुन नसकेपछि सरकारले विद्युतीय सवारी दर्ता प्रक्रिया खुला गर्न गरेको थियो ।


मोटरसाइकल दर्ता भएसँगै यात्रीले सरकारलाई धन्यवाद दिएको छ ।

प्रतिकृया