• 8:27 pm

भारतको आसाम पुर्‍याई नाबालिका बेचबिखन गर्ने अभियुक्त पक्राउ

प्रकाशित मिति

२०८० जेष्ठ १ गते, सोमबार ०५:४९

१ जेठ २०८०, काठमाडौँ: भारतको आसाम पुर्‍याई नाबालिका बेचबिखन गरेको अभियोगमा म्याग्दी रघुगंगा गाउँपालिका-३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।


काठमाडौंमा बस्ने आफ्न्तकोमा जान्छु भनि नुवाकोटबाट बसमा जाने क्रममा ती नाबालिकालाई बसमा सँगै रहेका पुरूषले खानेकुरा तथा पानीमा बेहोश हुने औषधि मिसावट गरी खुवाई बेहोश बनाई भारत आसामको कछर सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्‍याई बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माईती नेपालको सहयोगमा ती नाबालिकाको उद्दार गरिएको थियो ।


थप अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उक्त कार्यमा संलग्न एलिना खत्रीलाई झापाबाट पक्राउ गरेको हो ।


उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ भने कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूको समेत खोजी भइरहेको छ ।

प्रतिकृया