• 2:00 am

भ्रष्टाचारको आरोपीले आफ्नो मोबाइल फरम्याट गर्ने, लुक्ने मौका किन पाइराखेको छन्र : सांसद मनिष झा

प्रकाशित मिति

२०८० जेष्ठ १ गते, सोमबार ०२:२०

जेष्ठ १, २०८०, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपीहरुले आफ्नो मोबाइल फरम्याट गर्ने, लुक्ने मौका किन पाइराखेको मौका पाइरहेको भन्दै प्रश्न उठाएका छन्।


प्रतिनिधिसभामा सोमबार आकस्म्कि समय लिएर उनले भने, ‘हाम्रो देशमा ठूलो अपराध, देशद्रोही र भ्रष्टाचारको विषय छ। शंकास्पदहरुको नाम आउँछ। उनीहरुलाई आफ्नो मोबाइल फरम्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइराखेका छन्। केही त फरार पनि छन रे । यस्तो किन हुन्छ ?’


भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्ने व्यवहार र वातावरण हुन नहुने उनको भनाइ छ । प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले तारन्तर भेटिरहेको भन्दै उनले यसमा पनि प्रश्न उठाए ।


मुलुकमा कुनै विपत्ति आउँदा वा अन्तराष्ट्रिय सम्बन्धका कुनै विषय हुँदा राजनीतिक दलका शीर्ष नेताहरु तारन्तर बस्नु स्वभाविक भए पनि अहिले त्यस्तो अवस्था नरहेको भन्दै ठूला राजनीतिक दलहरुको ध्यानाकर्षण गरेका हुन् ।

प्रतिकृया