• 5:01 pm

नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो : सांसद सापकोटा

प्रकाशित मिति

२०८० जेष्ठ १ गते, सोमबार ०१:४४

जेष्ठ १, २०८०, काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरेका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरु खोल्न सरकारलाई आग्रह गरेका हुन ।


‘मानव तस्कर सहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ’ सोमबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर उनले भने, ‘यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो ।’

प्रतिकृया