आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू
प्रकाशित मिति
२०८० जेष्ठ १ गते, सोमबार ०८:०४

जेष्ठ १, २०८०, काठमाडौँ : आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदै छ । नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) आजबाट लागु गरेपछि विदेशबाट फर्किएर आउने नेपालीले सोमबारदेखि २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन्र ।
मोबाइल आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको एमडीएमएसअनुसार अबदेखि नेपाल भित्रिने मोबाइलको आइएमइआई प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्नेछ। प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन। ३१ वैशाखसम्म प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले बताए।
लामो समयपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो। सरकारले गत आर्थिक वर्षको बजेटमार्फत २०७८ साउनदेखि यो लागू गर्ने घोषणा गरेको थियो। तर, प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन।
दोस्रो पटक १५ पुस २०७९ देखि एमडिएमस लागू गर्ने प्राधिकरणले औपचारिक घोषणा गरे पनि सार्वजनिक विरोधपछि तत्कालका लागि स्थगित भएको थियो।
प्रतिकृया