• 4:05 pm

आज नेप्से परिसूचक सामान्य अंकले घट्याे

प्रकाशित मिति

२०८० बैशाख २८ गते, बिहीबार ०३:४३

२८ वैशाख २०८०, काठमाडौँ : आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार नेप्से परिसूचक ३.३४ अंकले घटेको छ। नेप्से सूचक ३.३४ अंकले घटेर १८३८.५९ को विन्दुमा कायम हुन पुगेको हो ।


बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन ५८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँ पुगेको छ।


यस दिन २५९ वटा धितोपत्रको २१ लाख ५ हजार ६५७ कित्ता सेयर किनबेच भएको हो। बिहीबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.१० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ६६१ रुपैयाँ पुगेको छ।


यस्तै, सिटीजन्स म्युचुअल फण्ड–१ को इकाइ मूल्य ५.८९ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ५ रुपैयाँ ८९ पैसा पुगेको छ। फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य ५.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ११५ रुपैयाँ पुगेको छ। यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य ५.५२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४४५ रुपैयाँ पुगेको छ।


बिहीबार नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ७९० रुपैयाँमा ३ करोड १५ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५० प्रतिशत घटेको हो।


सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर रहेको छ। उक्त कम्पनीको ११४ रुपैयाँमा २ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो। यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ०.५९ प्रतिशतले घटेको छ।

प्रतिकृया