• 5:36 pm

एमाले केन्द्रीय कमिटी बैठक सुरु, प्रतिवेदनमाथि छलफल हुने

प्रकाशित मिति

२०८० बैशाख २८ गते, बिहीबार १२:३२

२८ वैशाख २०८०, काठमाडौँ : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्र्तगत नौ वटा प्रतिवेदन पेस हुनेछन् ।


मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा एमालेले गठन गरेको अभियानका प्रदेश सयोजक रहेका पार्टी सचिवहरुले आ–आफ्ना प्रदेशको प्रतिवेदन पेस गर्नेछन् । छलफलबाट प्रदेशहरुको कार्ययोजना निर्माण गरिने छ ।


एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्वित) सदस्य, ४ जना केन्द्रिय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनेछन् । बैठकले प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र पार्टी प्रवेशीहरुको व्यवस्थापनबारे निर्णय गर्ने एमालेले जनाएको छ ।

प्रतिकृया