• 2:58 pm

एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२३ सम्पन्न

प्रकाशित मिति

२०८० बैशाख २८ गते, बिहीबार १२:०६

२८ वैशाख २०८०, काठमाडौँ : एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२३ को सफलतापूर्वक आयोजना गरेको छ,जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (SONA)र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (IDEA Nepal) लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।


एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पु¥याउँदै आएको छ ।


यस कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड)हरू पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता,संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।


बैशाख २७ गते हयात रिजेन्सी होटलमा आयोजितकलर नेक्स्ट २०२३ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गर्नुभएको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुखसिरीश राव र एशियन पेन्ट्स नेपालका प्रमुख (कन्ट्री हेड) जी गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गर्नुभएको थियो, जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको थियो ।


कार्यक्रमको मुख्य आकर्षणको रुपमाएसियन पेन्ट्सग्लोबलका ब्रांड प्रबंधकमारिशा रेगो डिसूजाले यस वर्षका लागि चार प्रवृत्ति (ट्रेन्ड)हरू घोषणा गर्नुभयो ।

  • GOTHILICIOUS,
  • SLEEP SENSE
  • EDGE OF FOREST
  • SHROOM

र आर्किटेक्टमाधव रमनलेकलर अफ द इयरSilver Escapade कोबारेमा प्रस्तुत गर्नु भयो।

प्रतिकृया