लखनउका कप्तान केएल राहुलले आइपिएल गुमाउने

प्रकाशित मिति

२०८० बैशाख २३ गते, शनिबार ०९:५४

kaptan

वैशाख २३, २०८०, काठमाडौँ: लखनउ सुपरजायन्ट्सका कप्तान केएल राहुलले चोटका कारण आइपिएलका बाँकी खेल गुमाउने भएका छन् । उनले भारत र अस्ट्रेलियाबिचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पनि गुमाउने भएका छन् ।


लखनउले राहुलको स्थानमा राइट ह्यान्डेड ब्याटर करूण नायरलाई टिममा सहभागि गराउने निर्णय गराएको छ । आइपिएलले एक विज्ञप्ती जारी गर्दै गत संस्करणमा राजस्थानबाट खेलेका करुण नायरलाई ५० लाख भारु बेसप्राइसमा लखनउले टिममा सहभागि गराएको उल्लेख छ । उनी मिनी अक्सनमा अनसोल्ड रहेका थिए। टिमले राहुललाई १७ करोडमा रिटेन गरेको थियो। राहुल भने आइपिएलका दौरान बेंगलोर विरुद्धको खेलमा गत सोमबार फिल्डीङका क्रममा चोटिल भएका थिए ।


आइपिएलमा अहिलेसम्म १६ खेलाडी बाहिर भइसकेका छन् । जसमा मुम्बई इन्डियनका जसप्रित बुमराह, गुजरात टाइटन्सका केन विलियम्सन र कोलकाता नाइटराइडर्सका कप्तान श्रेयस अय्यर लगाएतका बलिया नामसमेत आइपिएल गुमाउनेमा रहेका छन् ।

प्रतिकृया