• ०४:०३ २०८१ बैशाख ५ गते
  • 4:03 am

सर्वियामा कक्षा कोठामै गोली प्रहार गरी १३ को हत्या

प्रकाशित मिति

२०८० बैशाख २१ गते, बिहीबार १०:५३

serbia

२१ वैशाख २०८०, एजेन्सी : सर्वियाको राजधानी बेलग्रेडमा एक जना किशोरले स्कुलमा अन्धाधुन्द गोली प्रहार गरी १३ जनाको हत्या गरेका छन् । यस्तै, गोली प्रहारबाट ६ बालबालिका र एक जना शिक्षक घाइते भएका छन् ।


मारिनेहरुमा आठ जना विद्यार्थी र पाँच जना स्कुलका सुरक्षा गार्ड रहेका छन् । बेलग्रडस्थित एक प्राथमिक विद्यालयमा पढ्ने १३ वर्षीय ती किशोरले बुधबार बिहान कक्षा सुरू हुनासाथ गोली बर्षाएका थिए । सुरूमा गार्डमाथि गोली हानेर उनी कक्षामा प्रवेश गरी सहपाठीहरुमाथि गोली प्रहार गरेका थिए । त्यसपछि अर्को कोठामा गएर गोली प्रहार गरेका थिए ।


उनलाई रोक्न आएका सुरक्षा गार्डहरुमाथि पनि गोली चलाएका थिए । कक्षामा मारिनेहरुमा सात जना छात्रा र एक छात्र रहेको बताइएको छ । गोली प्रहारबाट घाइते भएका ६ बालबालिका र एक जना शिक्षकलाई अस्पताल भर्ना गरिएको छ । गोली प्रहार गरेपछि उनी आफैलें पुलिसलाई खबर गरेर आफूलाई गिरफ्तार गर्न भनेका थिए ।

प्रतिकृया