• 11:06 pm

उपचार गराएर भारतबाट आज स्वदेश फर्कंदै राष्ट्रपति पौडेल

प्रकाशित मिति

२०८० बैशाख १७ गते, आईतवार ११:२४

१७ वैशाख २०८०, काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलको ‘डिस्चार्ज’को तयारी गरिएको छ । भारतको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत पौडेलेको आज डिस्चार्जको तयारी गरिएको हो ।


राष्ट्रपति पौडेल आजै बेलुका स्वदेश फर्कने तयारी रहेको राष्ट्रिपतिको सचिवालयले जनाएको छ । “साँझ ८ बजेको उडान रहेको हामीलाई जानकारी भएको छ,” राष्ट्रपतिको सचिवालयका एक सदस्यले भने ।


राष्ट्रपति पौडेललाई उपचारका लागि यही वैशाख ६ गते नयाँ दिल्ली लगिएको थियो । त्यसअघि, अस्वस्थ भएपछि उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।


राष्ट्रपति पौडेलका साथमा उनका निजी चिकित्सक डा. निरज बम, स्वकीय सचिव चिरञ्जीवी अधिकारी र छोरा चिन्तन पौडेल पनि छन् ।

प्रतिकृया