• 11:52 am

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

प्रकाशित मिति

२०८० बैशाख १७ गते, आईतवार १०:३२

वैशाख १७, २०८०, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डोलप्रसाद अर्याल (डिपी)ले आफ्नो पदबाट राजीनामा दिएका छन्। रास्वपाका उपसभापति समेत रहेका अर्यालले शनिबार राजीनामा दिएका हुन् । शनिबार बसेको संसदीय दलको भर्चुअल बैठकमा अर्यालले राजीनामा बुझाएका छन् ।


अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा स्वीकृत गर्ने प्रक्रियामा रहेको बताइएको छ । सोमबार रास्वपाको संसदीय दलको बैठक बस्दैछ । सो बैठकले पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता चयन गर्दैछ ।


वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । शुक्रबार सपथ लिएसँगै उनी प्रतिनिधिसभा बैठकमा उपस्थित भएका थिए । अहिले दलको नेताको जिम्मेवारी उपनेता विराजभक्त श्रेष्ठले सम्हालेका छन् ।

प्रतिकृया