• 8:28 pm

आज देशका पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली रहने

प्रकाशित मिति

२०८० बैशाख १७ गते, आईतवार ०९:२८

वैशाख १७, २०८०, काठमाडौँ: आज हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक/दुई मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।


यता, हिजो साँझपछि पानी रोकिएको काठमाडौँमा आजपनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटी बताउँछन्। उनका अनुसार आज काठमाडौँसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ।


काठमाडौँ उपत्यकामा दिउँसो पछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घण्टाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वर्षा काठमाडौँ उपत्यकामा भएको छ। पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ। हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ।


भोलि पनि केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ। भोलि मधेस प्रदेशका एक/ दुई ठाउँमा हावाहुरी चल्ने अनुमानसमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिकृया