• 12:07 pm

विश्व पशुचिकित्सा दिवश विशेष

प्रकाशित मिति

२०८० बैशाख १६ गते, शनिबार १२:२९

वैशाख १६, २०८०, काठमाडौँ: विश्व पशु चिकित्सा दिवश प्रत्येक वर्ष अप्रेलको अन्तीम शनीवारका दिन विश्व भरीमा मनाइन्छ । यस दिनको उदेश्य विश्व भरीमा पशु चिकित्सकहरु द्धारा गरीएको पशुहरुका लागी काम हरु जानकारी दिन एवं प्रोत्साहन का लागी मनाइन्छ । मुल प्राणीहरुको बेदना लार्य अनुभुति गरेर तीनको निदान गर्नु आफैमा यस्तो अनौठो विदया हो जस्मा कौशल संवेदना एवं विज्ञानको अदभुत समावेशी करण छ । सत्य यो हो कि कुनै पनी राष्ट्रको महानता को मुल्याङकन यस तथ्य बाट गरीन्छ कि त्यहा पशुहरु सङग कस्तो व्यवहार गरीन्छ ।


कोवीड– १९ मा पशु चिकित्सक को भुमीका एवं पुरै विश्वमा प्रशाचिकित्साको बदलिदो परीवेश, परिदृष्यमा विश्लेषण गरीदै छ जस्ले भविष्यमा मानव पशु एवं वातावरण लाई एउटा समग्र इकाइ को रुपमा राख्दै नितिहरु त्यार पार्न सकियोस एवं यस्ता आपत विपत संकट हरुको रोक थाम गर्न सकियोस ।


संयुक्त राष्ट्रको शताब्दी विकास उदयेश्य उवं अव सतह विकाश उदयेश्यहरुमा ज्ञान एवं विज्ञानको उपयोगीतामा जोड दिइएको परिणाम हो कि आज विश्वको विभीन्न देशहरुमा पशु चिकित्सा सेवाहरुमा गुणस्तर एवं क्षमता जस्ता दुरगामी चरण एवं नितिहरुको विकाश गरीदै छ ।


भरखर मात्रै विश्व स्वास्थ्य सङगठन का अध्यक्ष ले भनेका छन कि कोरोना भाइरस अन्तीम भहामारी हुने छैन । मानव स्वास्थ्य लाई सुदृद्ध गरीने उपायहरु व्यर्थ हुने छन यदि हामीले पशु कल्याण एवं जलवायु परिवर्तनमा ध्यान दिएनौ भने विश्वीक सङगठनहरुको एक स्वास्थ्य पहल ले यस अवधारणा लाई बल प्रदान गर्दछ । कि मानव पशु अनि वातावरण तीनै वटा घटक मिलेर नै स्वास्थ्य को पूर्णतालाई परिभाषित गर्दछ ।


जैवीक पशुपालन विकाशको महत्वपूर्ण स्तम्भ पशुहरुको उपचार का ती बैकल्पिक पदधतीहरु को विकाश गरीयोस एवं उपयोग गरीयोस जसले गर्दा पशु उत्पादनहरु मा औषधि क्रिमी नाशक एवं अन्य हानीकारक हरु को अंश कम भन्दा कम होस वा हुदै न होसजस्ले स्वच्छ खादय श्रृङखलामा अग्रणी भुमीका निभाओस् ।


अन्य डाक्टरहरु जस्तै पशुचिकित्सक पनी त्यतीकै महत्वपूर्ण हुन्छ । पशु चाहे त्यो घरपालुवा होस्, भुस्याहा वा बन्यजन्तु तीनलाई समेट एवं हेरचाहको आवश्यकता पर्दछ । यदि नै पशुचिकित्सक हरु आवश्यक सेवा दिने अवस्थामा हुन्छन ।


इ.स १८६३ मा प्रो जे गम्गीले पुरै युरोपका प्रसिद्धध पशुचिकित्सकहरु लाई पशु स्वास्थ्य विशेष गरी महामारी जन्य रोगहरु एवं तीनको रोकथामका लागी पहिलो सम्मेलनमा भाग लीन आमन्त्रीत गरे । यो बैठक पहिला अन्त राष्ट्रीय पशु चिकित्सा कांग्रेस थियो । १९५९ मा स्वेनमा १५ औ अन्तराष्ट्रीय पशुचिकित्सा कांग्रेसको बैठकमा विशव पशुचिकित्सा संघको स्थापना गरीयो । एसोसिशनको उदेश्य पशु चिकित्सा विज्ञानको महत्व लाई सामुन्ने ल्याउने एवं पशु स्वास्थ्य एवं कल्याण का बारेमा सचेतना बृदधी गर्ने जसमा पशुहरुको सुरक्षा एवं संक्रामक रोगहरु का बारे नियम पनि सम्मीलीत छ । पशु स्वास्थ्य एवं पशु चिकित्सा विज्ञानको पैखी गर्नु बाहेक विश्व पशु चिकित्सा संघले २००१ मा प्रत्येक वर्ष अप्रीलको अन्तीम शनीवारलाई विश्व पशुचिकित्सा दिवशका रुपमा घोषित ग-यो ।


इ.स २००१ मा विश्व पशुचिकित्सा ले घरपालुवा जनावरहरुका धनीहरु एवं गैह सरकारी संगठन हरुलाई रेवीजका बारेमा प्रशिक्षित गरे । साथै जनावरहरु तथा मानीसहरु दुवैलाई एक स्वास्थ्य वातावरण प्रवन्धन गर्न गर्नका लागी जनावरहरु पालतु एवं सडकका लाई निशुल्क खोप अभियान संचालन गरीयो ।


इ.सं. २०२० जनावरहरुको मानसिक स्वास्थ्यलाई लक्षित गरी पशुचिकित्सकहरुले जनावर हरुको मानसीक स्वास्थ्य को महत्व बारे सचेत फैलाए कसरी लकडाउन का बारेमा पालतु एवं सडकका जनावर प्रभावीत भए । पशु घरपालुवा होस कि सडकमा फिरन्ते स्नेह एवं हेरचाहको त्यतीकै आवश्यकता पर्दछ । यस्तोमा पशुचिकित्सक हरु नै अग्रणी भुमीकामा हुन्छन । उचीत खोप लगाउने देखि पशुघन सहित घरपालुवा जनावरको स्वास्थ्य जाँच गर्ने पशुप्रति दुव्र्यवहार रोक्ने जस्ता कार्यमा पशुचिकित्सकको भुमिका रहन्छ ।


पशुचिकित्सकहरुले विभिन्न विभागहरु वन्य जन्तु, राष्ट्रीय उदयान चिडियाखाना आरक्षहरु साथै पशुचिकित्सालयमा कार्यरत हुन्छन । अझ जनस्वास्थ्य एवं पशुहरुको आहार व्यवश्थापनमा यीनले निर्वाह गर्ने गरेको भुमीका विर्सिने हो भने हाम्रो स्वस्थ्य स्वच्छ खादय श्रृङखला कती जोखीम मा पर्ला ।


आजको दिनमा पशुचिकित्सा क्षेत्रमा उच्च गुणस्तर एवं दक्षता एवं विज्ञता पूर्ण चिकित्सक को माग एवं महत्व त बढदो छ । तर पशुचिकित्सक को संख्या भने कम छ जस्ले सवै क्षेत्रहरुमा पशु हरुको स्वास्थ्य लाई प्रभावित गर्ने एउटा अन्तर उत्पन्न गराउदो छ ।


विश्व स्वास्थ्य सङगठन विश्व पशु स्वास्थ्य सङगठन संयुक्त राष्ट पर्यावरण संगठन साझा रुपले यस्तो प्रकारको कार्य योजना तयार गर्दै छन जसले विभीन्न सदस्य राष्ट्र हरु लाई संवेदनशील बनाउन सकियास कि भविष्यका विपत हरुको मुकावला विभिन्न घटक हरुको सामुहिक क्षमता विकाश बाट नै सम्भव हो र पशु स्वास्थ्य एवं चिकित्सा सेवाहरुले यसमा अहम भुमिका निर्वाह गर्न सकुन । मानव स्वास्थ्यका लागी पशुधन स्वास्थय तथा खादय सुरक्षा जस्ता विषय यस शतावदी मा अत्यन्त महत्वपुर्ण सिदद्द हुने छ । पशु चिकित्सक हरुले पनि आफनो व्यक्तिगत स्वास्थ्य एवं कल्याण को आवशयकता छ । पशु चिकित्सक हरु लाई आफ्ना रोगीहरु जस्तै आफनो व्यक्तिगत स्वास्थ्य एवं कल्याण स्थीर राख्न का लागि उचित उपकरण एवं सहायताको आवश्यकता हुन्छ । स्वास्थ्य पशुका लागी स्वस्थ्य पशु चिकित्सक आवश्यक पर्छ । पशुचिकित्सक ले दैनीक चुनैति एवं सङकट लाई ससमाधान गर्नका लागी आफै राम्रो सङग सुसजीत हुन आवश्यक हुन्छ ।

प्रतिकृया