चोरीको मोटरसाइकल सहित एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
प्रकाशित मिति
२०८० बैशाख १६ गते, शनिबार ०८:२९

१६ वैशाख २०८०, काठमाडौँ: चोरीको मोटरसाइकल सहित काठमाडौँको तार्केश्वर नगरपालिका ५ लोलाङबाट एक जनालाई आज ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका ५ घर भई हाल काठमाडौँको सितापाइला बस्दै आएका २८ वर्षीय कुल बहादुर मगरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
तार्केश्वर नगरपालिका ३ बस्ने अर्जुन रेग्मीले गत चैत ५ गते काठमाडौँको चमतीबाट प्रदेश ३ -०२-०१० प ७४ १५ नम्बरको २ सय २० सि.सि.को पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।बास्तबिक नम्बर परिवर्तन गरि प्रदेश ३ -०२-००३ प १२ १६ राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायताईकाइबाट खटिएको टोलीले मगरलाई मोटरसाइकल सहित फेला पारी लोलाङबाट आज बिहान नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बालाजु पठाईएको छ । सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक,लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गर्नु भएको छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजक हुनुपर्ने समेत प्रवक्ता भट्टले बताउनु भयो । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
प्रतिकृया