• 5:55 pm

होटल संघको अध्यक्षमा विनायक शाह सर्वसम्मत

प्रकाशित मिति

२०८० बैशाख १४ गते, बिहीबार ११:३७

१४ वैशाख २०८०, काठमाडौँ: होटल संघ नेपालको अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । भाेली हुने ४८औं वार्षिक साधारणसभामा औपचारिक घोषणा गर्ने भए पनि निर्वाचन समितिले निर्वाचित सदस्यको नामावली सार्वजनिक गरेको छ । पाँचतारे चेन होटल ह्यात होटलबाट जयदिन श्रेष्ठ र र्‍याडिसन होटलका विधाता श्रेष्ठ, पाँचतारेबाट सांग्रिला होटलका प्रविणबहादुर पाण्डे र एभरेस्ट होटलका सारिक अहमद लारी रहेका छन् ।


त्यस्तै चारतारेबाट होटल हिमालयका दिनेश श्रेष्ठ र होटल शंकरका विनोदशंकर श्रेष्ठ रहेका छन् । तीनतारेबाट एयरपोर्ट होटलका विनायक शाह र होटल वैशालीका विशालकुमार कैंथ, दुईतारेबाट ल्यान्डमार्कका राजेन्द्र भट्ट र इन्टरनेसनल गेस्ट हाउसका रामकुमार पुरी छने भने एकतारेबाट क्राउन प्लाजाका युवराज श्रेष्ठ र गणेश हिमालका ठाकुरप्रसाद पोखरेल रहेका छन् ।


पर्यटकस्तरीय होटलबाट साजन शाक्य र लक्ष्मण अर्याल, रिसोर्टबाट विप्लव पौडेल र गोपाल राना रहेका छन् भने क्षेत्रीय होटल संघबाट राजन श्रेष्ठ र सुमन घिमिरे रहका छन् ।


समितिले सार्वजनिक गरेको नाममध्ये शाह अध्यक्ष पक्का भइसकेका छन् । यद्दपी यसको औपचारिक घोषणा हुन भने बाँकी हरेको छ । १५ गते बस्ने बैठकबाट पदाधिकारीहरुको टुंगो लाग्ने जनाइएको छ ।

प्रतिकृया