• 7:35 pm

रवि लामिछानेजीलाई खुल्ला पत्र

प्रकाशित मिति

२०८० बैशाख १३ गते, बुधबार ०२:०४

वैशाख १३, २०८०, काठमाडौँ: समाजले पत्याउन धेरै ठूलो कसरत त गर्नपर्छ नै जमातले माथि उठाएको छ आज हजुरलाई जसको अगाडि सबै शासकहरू घुँडा टेक्न बाध्य भए जुन आजको समाजले चाहेको र आवश्यकता पनि बनिसकेको छ । ‘परिवर्तन’ सबैले चाहेको नै हो र यही चाहनामा कतिको जिन्दगी गयो, सिउँदो पुछियो, टुहुरा बनाइयो, पिडीत बनाइयो तर यो विना पनि परिवर्तन सम्भव छ भन्ने उदाहरण पेश गर्नुभयो । यसको लागि सम्पूर्ण जनताको तर्फवाट हजुरलाई नमन ।


देशको पहिला देखिको इतिहास जो कोहीलाई थाहा छ, म त्यता जान चाहन्न । राजनीतिको नाममा आफू मोटाउने हालसम्म लगभग सवैबाट भएकै छ, परिवर्तनको नाममा आफ्नो जिवनस्तर परिवर्तन, आफन्तको जिवनस्तर परिवर्तन बाहेक राज्यको सत्तामा रहेका व्यक्तीबाट आजको दिन सम्म केही भएको छैन, यो सबैलाई जानकारी भएकै विषय हो ।


पुष्पकमल दाहाल ’प्रचण्ड’ एक युग हुन् जो हिजो सबै जनताको आशा, भरोसाका केन्द्र थिए, साँच्चै देशले कोल्टे फेर्ने भयो भन्ने सबैको आशा थियो । जनताको साथ, सहयोग सबै पाएका थिए तर आज प्रत्येक जनताको नजरमा के अवस्थामा छन् त्यो सबैलाई थाहा छ ।


जनताले खोजेको परिवर्तन भाषणमा होइन, -यालीमा होइन, अनि भिड जमात देखाएर हरायौं भन्दै रमाउनेमा होइन, यो सबै चलिआएको परम्परा नै हो । राजनीतिमा तपाई साँच्चै परिवर्तनको संवाहक हुनुहुन्छ भन्ने लाग्छ मलाई । त्यसैले एक शुभ चिन्तकको नाताले यो पत्र लेखेको छु ।


कानुनको बन्धन त छ नै त्यसमाथि तपाई त अहिले सत्ता पक्षका नजरमा ताराे नै हो, म भन्दा जान्ने तपाइ हुनुहुन्छ ध्यान पु-याउनुहोला ।

– हटाइदिनुस अब संघीयता, चीनको एउटा प्रान्त भारतको एउटा प्रान्त नेपाल भन्दा ठूलो छ भन्ने कुरा सम्झाइदिनुस् ।
– समायोजन गर्न भन्नुस कर्मचारीलाई जति आवश्यक र राज्यको खर्चले धान्न सक्छ त्यतिमा सीमित गरिदिनुस् ।
– खोली दिनुस नयाँ उद्योग कलकारखाना, देशमा सामान्य व्यक्तीले पनि रोजगारीको अवसर पाओस्, गरिदिनुहोस् शिक्षा र स्वास्थ्यलाई सरकारीकरण ।
– लागू गर्दिनुस संस्कृत र संस्कार जस्ता विषय । अङ्ग्रेजीले देश परिवर्तन गर्न सकेन, बस जनताले स्थान मात्रै परिवर्तन गरे (देशबाट विदेश) ।
– राज्यले सम्मान दिन्छ तर अब केही सुविधा दिन सक्दैन भनिदिनुस ती पूर्व भीआइपी सुविधा लिनेहरुलाई, नागरिकता हेर्दै आफ्नो गाउँ फर्काइदिनुस्, सेवा दिन विशिष्ट राजनीतिज्ञ बनी देश डुबाउनेलाई ।
– अवसरको लागि देश बस्दिन भन्नेलाई जान दिनुस विदेश तर रोजीरोटीको लागि विदेश जानपर्ने अवस्था हटाइदिनुस् ।
– काठमाडौ विकास भए देश विकास भएको देख्नेलाई कर्णाली पनि छ भनेर सम्झाई दिनुस्, त्यहाँ सिटामोल पाइदैन,
त्यहाँ पु-याउने जाने पनि बाटो छैन भनेर सम्झाइदिनुस् ।
– आजको भोलि सबै भौतिक सुविधा पुर्याउन नेपालको भौगोलिक अवस्थाले सम्भव छैन तर खान नपाएर, उपचार नपाएर मर्नु पर्दैन भन्ने बनाइदिनुस् ।
– नेपालको उत्पादनलाई बजारीकरण गरेर अन्य देशबाट आयात हुने वस्तुलाई रोक लगाइदिनुस् ताकी देशको श्रमले मूल्य र सामानले बजार पाओस् ।
– राज्यले कर लिएपछि जनतालाई सुविधा दिनुपर्दछ भन्ने सम्झाइदिनुस् ।
– बैंक, वित्तिय संस्थाले जनताको जिवनस्तरको लागी वित्तीय पहुँच निर्माण गर्ने हो । जनतालाई घरवार विहिन बनाउने होइन भन्ने कुरा सम्झाइदिनुस सत्ता र सरकारमा भएका विशिष्ट मान्यजनहरूलाई ।

रविजी यी केही नमुना बुँदा मात्र हुन् । फेरि पनि लेखौलौं तर तपाई एक व्यक्तिले यो सम्भव छैन परिवर्तनको लागि तर संसदमा सुनाई दिनुस ताकी कुन मान्यज्यूबाट विरोध आउँछ जनताले संसद भवन बाहिर निक्लिएपछि समातेर कालो मोसो लगाएर घुमाउन सकून । बस ती माननीयहरुलाई जनतालाई चिनाइदिनुस्, परिवर्तन गर्न समय लाग्दछ तर रविजी जो आशलाग्दो त्यही जेठाजु कहिले नबनिदिनुस् । रविको छवि सँधै कायम राख्नुस् ।

हजुरको शुभचिन्तक ‘प्रणय सुवेदी’ हाल जापान

प्रतिकृया