• 11:58 pm

व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको आवेदन चाँगु नगरपालिकामा दिन आग्रह

प्रकाशित मिति

२०८० बैशाख १३ गते, बुधबार ११:३२

१३ वैशाख २०८०, काठमाडौँ : चाँगुनारायण नगरपालिकाले वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमार्फत आवेदन गर्नुहुन सम्बन्धित सबैका लागि आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रबाटै आवेदन दिन आग्रह गरेको हो ।


वैदेशिक रोजगारीलाई थप व्यवस्थित सुरक्षित र मर्यादित बनाउका लागि २०८० वैशाख २ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन गर्ने कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाटै हुने सरकारले निर्णय गरेको थियो ।


सरकारको सोही निर्णय अनुसार चाँगुनारायण नगरपालिकाले वैदेशिक रोजागरीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति नगरपालिकामा रहेको रोजागर सेवा केन्द्रमार्फत आवेदन दिन आग्रह गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृ हिरामणि सुवेदीले जानकारी दिनुभयो ।


वैदेशिक रोजगार ऐन २०६४ वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिकृया