आज सुनको मूल्य घट्यो चाँदी स्थिर
प्रकाशित मिति
२०८० बैशाख ७ गते, बिहीबार ११:३०
७ वैशाख २०८०, काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख दश हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Related
Recent News
- कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
- यस चाडपर्वको अवसरमा केटीए बाइकसँग विशेष राइडिङ्ग गियर!
- विनायकमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम
- भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु
- उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष
- संबैधानिक परिषदको बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने
- लक्ष्मी सन्राइज बैंकले गर्यो वीरगंजमा सेवा विस्तार
- ज्योति विकास बैंकका ग्राहकहरुलाई “साइन इखाडोल फिटनेस एण्ड रिक्रियसन सेन्टर प्रा.लि.” मा विशेष छुट
- वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न प्रचण्डको आग्रह
- चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया