• 7:55 pm

बेइजिङको अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु

प्रकाशित मिति

२०८० बैशाख ६ गते, बुधबार १२:०८

६ वैशाख २०८०, काठमाडौँ: बेइजिङको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मंगलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ । अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेसेन्ट विभागको भवनमा दिउँसो १२ः५७ मा आगलागी भएको बताएका छन् ।


दिउँसो १ः३३ बजे आगो निभाइएको थियो । आगो निभाउने क्रममा जसमा ७१ जना बिरामीलाई बाहिर निकालिएको थियो। बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।


घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे छ ।

प्रतिकृया