• 12:15 am

राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगियो

प्रकाशित मिति

२०८० बैशाख ६ गते, बुधबार १०:३५

६ वैशाख २०८०, काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्ली लगिएको छ । अहिले केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् उनलाई दिल्ली लगिएको हो ।


राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ । राष्ट्रपति पौडेलको छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।


“उहाँले यसअघि पनि सोही अस्पतालमा चेक गराइरहनुभएको हुँदा र अहिले सोही समस्या लगातार देखिएपछि नेपाल र भारतका चिकित्सकको सल्लाहमा भारत लैजाने कुरा भएको हो,” राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

प्रतिकृया