काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डको १८औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०८० बैशाख ५ गते, मंगलवार ०७:२५
वैशाख ५, २०८०, काठमाडौँ: काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डको १८औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल, विशेष अतिथिमा ललितपुर महानगर तथा वोर्ड सदस्य चिरीबाबु महर्जन लगायत खानेपानी तथा ढल निकास विभागका रमाकान्त दवाडी, आयोजना कर्यान्वयन निर्देशनालय PID का तर्फबाट राजेन्द्र सापकोटा रहेका थिए । कार्यक्रमको समुद्घाटन पानसमा बत्ती बालेर गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य बोर्डका कार्यकारी निर्देशक डा. संजिव बिक्रम राणाले व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले बोर्डले अहिले सम्म प्राप्त गरेका सफलता र आगामी दिनका योजना बारे जानकारी गराएका थिए । खानेपानीको संवेदनशिलतालाई सर्वोपरी ठानी बोर्डको प्रत्यक्ष संलग्नतामा सेवा प्रदायक काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड मार्फत गरिएका मौजुदा उत्पादन प्रणाली, वितरण, चुहावट नियन्त्रण, गुणस्तर, श्रोत परिचालन, सरसफाई व्यवस्थापन एवं सुधार, सुख्खा मौसम उत्पादन जस्ता कार्यहरुमा सहकार्य एवं सहयोग रहँदै आएको छ र मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त दैनिक १७ करोड लिटर पानीको व्यवस्थापन हुँदै आएको उनले बताए ।
उनले भने, “भूमिगत पानीको व्यवसायिक उपयोग, अनुमतिपत्र जारी गर्ने, नियमन गर्ने, टैंकर सेवा संचालनको लागि अनुमति प्रदान गर्ने, नियमन गर्ने, सेवा प्रदायक संस्थालाई थप जिम्मेवार र सेवामुखी बनाउने, प्राकृतिक मुहान, इनार, कुवा, ढुंगेधारा आदि जस्ता श्रोतहरुको संरक्षण एवं परिचालन गर्न आवश्यक नीति तथा निर्देशिकाहरु तयार गरी कार्यान्वयन गर्ने र नियमित अनुगमन कार्य तदारुकता साथ हुँदै आएको छ । त्यसै गरी वर्षातको पानी संकलन तथा पुर्नभरण पानीको सार्वजनिक उपयोगको लागि टैंकी तथा धाराहरुको निर्माण साथै जनचेतनामुलक कार्यक्रमहरु समेत संचालन गर्दै उपभोक्ताहरुको पहुँचसम्म सेवा विस्तार र व्यवस्थापन गर्ने कार्यहरु भैरहेका छन् । त्यसैगरी बोर्डले सर्वसाधारणलाई सुलभ तरिकाबाट गुणस्तरिय खानेपानी उपलब्ध गराउने उद्देश्यले water ATM संचालनमा ल्याएको छ भने Capital Investment and Asset Management Plan II(CLAMP II) अन्तर्गत काठमाण्डौ उपत्यका भित्र सम्पूर्ण नगरपालिका क्षेत्रलाई समावेश गरी सन् २०३०, २०४० र २०५० सम्मको लागि खानेपानी तथा सरसफाईको क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण कार्यको गुरुयोजना तयार भई सो को कार्यान्वयन तर्फ बोर्ड अग्रसर रहेको छ ।”
त्यसैगरी उपत्यकाको खानेपानीको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न बोर्डले मकवानपुर जिल्ला स्थित सिस्नेरी खोलाबाट पानी आपूर्ति गर्न सिस्नेरी खानेपानी आयोजनालाई अघि बढाएको छ । जसबाट दैनिक करिव १२ करोड लिटर पानी उपलब्ध हुने आशा लिएको छ । यस बोर्डको स्थापनाको १८ औं वर्ष प्रवेशको शुभ उपलक्ष्यमा बोर्डको उद्देश्य अनुरुप कार्यान्वयन गर्ने कार्यमा साथ दिने खानेपानी मन्त्रालय, सम्बद्ध सरकारी निकायहरु, सेवा प्रदायकहरु, सम्पूर्ण उपभोक्ता एवं विदेशी निकाय, साझेदार संस्थाहरु, शुभेच्छुक संघ संस्था तथा बोर्डमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि त्यस्तै सहयोग, सद्भाव र मार्गदर्शनको अपेक्षाका साथ काठमाण्डौ उपत्यकामा खानेपानीको समुचित वितरण, सरसफाई व्यवस्थापनमा गुणात्मक एवं परिमाणात्मक सुधार गरी भोलिका दिनमा अझ स्तरिय सेवा प्रदान गर्दै जाने संकल्प गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिका रूपमा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन वोर्ड १७ औं वर्ष पुरा गरी १८ मौ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गरे। उनले जुन उद्देश्यले खानेपानी व्यवस्थापन बोर्ड संचालित व्यवस्थापकको रुपमा आफ्नो लक्षित उद्देश्य प्राप्तिमा सदैव समर्पित र क्रियाशिल रहि आएको बताए । त्यसै गरी उपत्यकामा बढ्दो शहरीकरण, अव्यवस्थित बसोबास, जनसंख्याको चाप, पानीको सिमित श्रोत, वर्षो पुराना जीर्ण पाइप लाइन संजालबाट हुने चुहावट तथा प्रदुषण, माग र आपूर्ति विचको ठुलो भिन्नता, सीमित श्रोत साधन आदिका बावजुद पनि यस बोर्डबाट विगतका दिनहरुमा खानेपानी तथा सरसफाई सेवाको व्यवस्थापन हुदै आएको पनि बताए ।
यस्तै मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको कार्य भखरै मात्र सम्पन्न भई १७ करोड लिटर पानी प्रतिदिन प्राप्त भएको परिप्रेक्ष्यमा काठमाण्डौ वासीहरुले खानेपानी सेवा प्राप्त गरी ठूलो राहत महशुस गरिरहेको तर मेलम्ची खानेपानी आयोजनामा प्राकृतिक विपदका कारण हुन गएको क्षतिका कारण वर्षातको समयमा पानी आपूर्तिमा असहज स्थिति पैदा हुने भएकोले सोको निराकरण तर्फ पनि मन्त्रालय अग्रसर रहेको बताए । यसका साथै भविष्यमा बढ्न सक्ने खानेपानीको माग एवं उत्पन्न हुन सक्ने प्राकृतिक विपदलाई समेत दृष्टिगत गरी दोश्रो चरणको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने र वैकल्पिक श्रोतहरुको खोजी गरी उपत्यकामा खानेपानीको दीर्घकालिन समाधान गर्ने तर्फ खानेपानी मन्त्रालय अग्रसर रहेनु पर्ने भन्दै सुझाए। थपमा उनले यसै परिप्रेक्ष्यमा सिस्नेरीर ठोस्ने खोला आयोजनालाई उपयुक्त वैकल्पिक श्रोतको रुपमा लिई अध्ययन कार्य अघि बढाइएको जानकारी गराए ।
प्रतिकृया