• 7:07 pm

एसीसी प्रिमियर कप : नेपालले पायो जितका लागि २३६ रनको लक्ष्य

प्रकाशित मिति

२०८० बैशाख ५ गते, मंगलवार ०१:१४

५ वैशाख २०८०, काठमाडौँ: जारी एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले जितको लागि २३६ रनको लक्ष्य पाएको छ । काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो ।


मलेसियाको लागि कप्तान अहमद फैजले ७६ र विरनदीप सिंहले ४६ रन बनाए। अहमदले ६४ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे ।


नेपालको लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३, ललित राजवंशीले २, तथा गुल्सन झा १ विकेट लिए ।

प्रतिकृया