• 3:13 pm

सगरमाथा आरोहीको सुरक्षाको प्रत्याभूतिको लागि सरकारले विशेष कदम चाल्नुपर्दछ :क्षमता ढकाल

प्रकाशित मिति

२०८० बैशाख ४ गते, सोमबार ०२:५६

४ वैशाख २०८०, काठमाडौँ: सगरमाथा आरोही सुदर्शनको फेसबुक स्ट्याटस् पढेपछि आफू चकित भएको भन्दै लण्डनकी क्षमता ढकालले मातृभूमिसँग कुराकानी गर्दै भनिन्, “सगरमाथा आरोहण जो कोहीको सपना भए पनि सहज छैन । आरोहण सहयोगीका बारेमा पनि नेपाल सरकार अनभिज्ञ रहेको छ । तथ्यांकका आधारमा कति आरोहण गर्छन् र कतिका सपना अधुरा रहन्छन् भन्ने त सरकारले बुझाउन सक्छ तर के कसरी आरोहीहरू गायब भएका छन् तिनका बारेमा केही जानकारी वा अनुसन्धान गर्ने गरेको छ ? सरकारले आरोहीको बीमा र सुरक्षाको लागि केही विशेष कदम चाल्नुपर्ने देखिन्छ । सुदर्शनको स्टाटसबाट पनि थाहा पाउन सकिन्छ कि इन्सोरेन्सका लागि धेरै आरोहीको जिन्दगी धरापमा रहेका रहेछन् । भोलिको दिनमा यसले विकराल रुप वा व्यवसायिक रुप लिन सक्छ । के मान्छे मार्ने पनि व्यवसाय हुन्छ ? यदि यो पैसाको लागि मानिसलाई बाँधेर फाल्ने कुरा सत्य हो भने नेपाल सरकारको यसप्रति यथाशीघ्र ध्यानाकर्षण हुन जरुरी छ ।”


सगरमाथा आरोही तथा समाजसेवी, उद्दारकर्मी तथा दर्जन भन्दा धेरै सामाजिक सस्थाहरुमा आबद्द श्री शिब बहादुर सापकोटाले नेपाल सरकारद्वारा उनको योगदानको उच्च मुल्यांकन गर्दै ‘जनसेवाश्री पंचम’ द्वारा सम्मान गरेको छ ।


आज शिवका साथी सुदर्शनले लेखेको फेसबुक स्ट्याटसमा उनले भनेका छन्, “पेम्बा दोर्जे शेर्पा, मेरो टिमको लिडर भएता पनि शिव भाई मेरो टिमको सदस्य थिएनन् भने मेरो सगरमाथा आरोहण सफल हुने थिएन । साथै पेम्बा दोर्जे शेर्पाले उनीहरुको पूर्व प्लान अनुसार नै बंगाली सगरमाथा आरोहीलाइ हात खुट्टा बाधेर death zone भन्दा तल छोडेर हिडेका थिए । सायद उनीहरुको हिसाब किताब मिलेको थिएन ।”


उनी अगाडि लेख्दछन्, “शिव भाइले के गरेको ? त्यो मान्छे मर्न सक्दछ भन्दा, चुप लागेर आफ्नो बाटो लाग नत्र तेरो पनि हात खुट्टा बाडेर छोड्छु भन्ने धम्की पश्चात हामी दुइ भाइ क्याम्प ४ तिर हिडेको थियौ । दोस्रो दिन कलाकार निशा अधिकारीको आरोहण टिमले पनि बंगाली आरोहीले हेल्प हेल्प भनेर सहयोग माग्दै गरेको भन्ने कुरा सुन्नमा आएको बताएकी थिइन् । उक्त बंगाली आरोहीलाइ नियोजित तरिकाले छोडेर पेम्बा र उसको टिम हिडेको थियो । हामीले हामीलाई क्याम्प ४ सम्म जान सहयोगको लागि कोलोम्बियाका आरोही समूहसंग बिन्ति गरेका थियौ तर उहाँहरु नै समस्यामा हुनुहुन्थो। शिव एक्लैले मलाई बचाएर क्याम्प ४ सम्म पुराएको थियो । यो मेरो rescue नै असाधारण थियो ।”


सगरमाथा आरोहण गर्दा मान्छे मर्नु साधारण कुरा मानिन्छ तथा त्यस्तो प्रभाव बनाइएको छ तर dead body rescue गर्दा insurance बाट टिमलाइ ४ गुना भन्दा बढी पैसा पाउने हुँदा केही कालो धन्दामा संलग्न लिडरले आरोहीहरुलाइ मार्न सम्म पछि नपर्ने कुरा अरु आरोही तथा किताबहरु पढेर थाहा पाएको सुदर्शनले लेखेका छन् । उनले नेपाल सरकार तथा पर्यटन मन्त्रालयले यस विषयमा ध्यान दिन जरुरी रहेको बताएका छन् ।


उनी अगाडि लेख्दछनु, “अब मलाई र शिवलाइ मार्छन भन्ने कुरा हामीले बुझी सकेका थियौं र शिवको सुझाव अनुसार नै म क्याम्प ३ को अलिक माथि, संसारकै प्रथम हेलीकप्टर रेस्क्युबाट म काठमाडौँ आएको थिएँ । उक्त रात शिव भाईले भनेका थिए, ‘सुदर्शन म जसरी पनि बाँचेर आउँछु तथा मरेपनि मर्छु तर तिमी मि बच्नु पर्छ भोलि हेलीकप्टर आउछ चुप लगेर तिमि जानु ल ।”

प्रतिकृया