• 9:44 pm

एमाले सांसद पन्तको व्यंग्य- प्रधानमन्त्री प्रचण्डलाई भेटे संसदमा बुझाइदिनु !

प्रकाशित मिति

२०८० बैशाख ३ गते, आईतवार ०२:४४

३ वैशाख २०८०, काठमाडौँ: नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै संसदमा बुझाइदिन आग्रह गरेका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद पन्तले प्रधानमन्त्री प्रचण्ड संसदमा नदेखिएको भन्दै सूचनाको शैलीमा व्यग्य गरेका हुन् ।


संसद पन्तले भने- ‘नागरिकताको नाम श्री पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिराख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलीया पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने, उमेर ६५ नाधेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधि सभाको बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकोले उहाँलाई फेला पर्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनु होला । उहाँ अन्तिम पटक देखिएको साल बालुवाटार छेउछाउ।’

प्रतिकृया