नेकपाका सचिव योगेशका अनुसार चितवनमा एमालेको जित हुन्छ

प्रकाशित मिति

२०८० बैशाख ३ गते, आईतवार १२:४०

yogesh

३ वैशाख २०८०, चितवन : नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले चितवन २ मा एमालेको जित हुने बताएका छन् । उपनिर्वाचनको सन्दर्भमा कार्यकर्ताहरूसँग घरदैलोमा रहेका उनले यस्तो बताएका हुन् । “यसपटक चितवनमा एमालेको जित हुन्छ,” उनले भनेका छन् ।


एमालेप्रति भ्रम फैलाउने प्रयास भइरहेको भएपनि जनताले सत्य बुझिसकेको उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘यो निर्वाचन क्षेत्र एमालेको राम्रो प्रभाव भएको ठाउँ हो । विगत निर्वाचनमा केही भ्रमहरू सिर्जना गरिए । अहिले भ्रमहरू हट्दै गएको पाएको छु ।’


एमालेको उम्मेदवार जनचाहनाअनुरूपको भएको पनि उनले बताए । एमालेले चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । ‘रामजी यहाँको विकासमा योगदान गर्नसक्ने र जनताको गुनासो सुन्न सक्ने स्थानीय सक्षम युवा हुनुहुन्छ,’ उनले भने, ‘अहिलेको पुस्ताको भावना बुझ्न सक्ने पार्टीको जिल्ला अध्यक्ष पनि हो ।’


उनले एमालेबिना मुलुक नबन्नेसमेत बताए ।

प्रतिकृया