• 6:45 pm

भारतको उत्तरप्रदेशका पूर्व सांसद अतीक अहमदको प्रहरी हिरासतमै गोली हानी हत्या

प्रकाशित मिति

२०८० बैशाख ३ गते, आईतवार ११:२२

३ वैशाख २०८०, काठमाडौँ: भारतको उत्तर प्रदेशका पूर्व सांसद एवं बाहुबली नेता अतीक अहमद र उनका भाई अशरफको गोली हानेर हत्या गरिएको छ । उनीहरु लामो समयदेखि प्रहरी हिरासतमा थिए ।


हिरासतकै बीच उत्तर प्रदेशको प्रयागराजमा एक हत्याको मामिलामा सोधपुछका लागि लैजादै गर्दा दुवैमाथि गोली हानिएको थियो । भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडीबाट गोली हानेको भिडिओ सार्वजनिक भएको छ ।


अतिक अहमदको छोरा असदको पनि बिहीबार झाँसीमा प्रहरीले इन्काउन्टरका नाममा हत्या गरेको थियो । अतीक र अशरफको हत्या कसरी भयो भन्ने प्रहरीले अझै स्पष्ट खुलाएको छैन । यद्यपी गाडीबाट उत्रिएर संचारमाध्यमसँग कुरा गरिरहेका बेला उनीहरुमाथि गोली प्रहार भएको देखिएको छ ।

प्रतिकृया