ढाकाकुमार श्रेष्ठमााथि गरिएको कारबाहीबारे संसद सचिवालयले अध्ययन गर्ने
प्रकाशित मिति
२०८० बैशाख ३ गते, आईतवार ११:०५
३ वैशाख २०८०, काठमाडौँ: संघीय संसद् सचिवालयले रास्वपा सांसद ढाकाकुमार श्रेष्ठमाथि गरेको कारबाहीबारे अध्ययन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उक्त कारबाही राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार कानुनसम्मत छ कि छैन भनेर संसद सचिवालयले आइतबारबाट अध्ययन गर्न लागेको हो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा संसद् सदस्यले दल त्याग गरेमा वा निष्कासन गरेमा त्यसको सूचना संसद्मा दिनुपर्ने र सो सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले प्रतिनिधि सभाको बैठकमा वाचन गरेर जानकारी गराउनुपर्ने व्यवस्था छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रूपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो ।
प्रतिकृया