
मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै
प्रकाशित मिति
२०७९ चैत्र २९ गते, बुधबार १०:३५

२९ चैत्र २०७९, काठमाडौँ: मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर आज बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलमा दिउँसो साढे १ बजे बाँडफाँट हुनेछ । आईपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन परेको छ ।
आईपीओमा १३ लाख २५ हजार ८४७ जनाले १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदनबाट १ लाख ३३ हजार ७३० जनाले मात्रै सेयर हात पार्नेछन् भने ११ लाख ९२ हजार ११७ जनाको हात खाली हुनेछ ।
कम्पनीले चैत १९ देखि २२ गतेसम्म २२ करोड ८० लाख रुपैयाँको आईपीओ निष्कासन गरेको थियो ।
प्रतिकृया