• 4:43 pm

राष्ट्रिय स्वतन्त्र र सुशासन पार्टीबीच एकता हुँदै

प्रकाशित मिति

२०७९ चैत्र १७ गते, शुक्रबार ०१:०४

१७ चैत्र २०७९, काठमाडौँ: पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पूर्वप्रहरी महानिरीक्षक रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच एकता हुने भएको छ । उपनिर्वाचनलगत्तै यी दुई पार्टीबीच एकता हुने खरेलले बताए । ‘अहिले उपनिर्वाचनमा फोकस हुन्छौँ । उपनिर्वाचनलगत्तै एकताको प्रक्रिया प्रारम्भ गर्छौँ,’ उनले भनेका छन् ।


वैशाख १० मा हुने उपनिर्वाचनमा खरेललाई रास्वपाले बारा २ बाट उम्मेदवार बनाएको छ । उनले आफू रास्वपाको तर्फबाट बारा २ मा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।


गत मंसिर ४ को निर्वाचनमा खरेल काठमाडौं १ बाट पराजित भएका थिए । उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

प्रतिकृया