• 4:31 pm

अर्थतन्त्रलाई सुदृढ बनाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छः कमला पन्त

प्रकाशित मिति

२०७९ चैत्र १६ गते, बिहीबार ०३:२१

१६ चैत्र २०७९, काठमाडौँ: राष्ट्रियसभा सदस्य कमला पन्तले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने अहिलेको अवस्यकता रहेको बताएकी छिन् । आज (बिहीबार)को राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्य पन्तले देश आर्थिक विपन्नताले गर्दा जर्जर अवस्थामा पुगेको भन्दै आर्थिक अवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएकी हुन् ।


नयाँ पार्टीबाहेकका पार्टीहरू सबैले सत्ता सञ्चालन गरेको भन्दै उनले यो अवस्था आउनमा एकले अर्कोलाई दोषारोपण गर्नु नहुने स्पष्ट पारिन्। उनले सहकारीका कारण जनताहरू मरिराहेको भन्दै सहकारीको अनुगमन गर्नुपर्ने औल्याइन् ।

प्रतिकृया