• 9:47 pm

बेदुराम भुसालले कृषि छाडेर रोजे शिक्षा मन्त्रालय

प्रकाशित मिति

२०७९ चैत्र १६ गते, बिहीबार ०१:३७

१६ चैत्र २०७९, काठमाडौँ: नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् । सुरुमा कृषि मन्त्रायको प्रस्ताव आएका भुसालले कृषि छाडेर शिक्षा मन्त्रालय रोजेका हुन् ।


स्रोतका अनुसार उनले आज बेलुका पद तथा गोपनीयताको शपथ लिने भएका छन् । यस्तै, समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरिएको छ ।


माओवादी केन्द्रबाट उपप्रधान तथा भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयमा जाने भएपछि ज्वाला भौतिक मन्त्री बन्न लागेका हुन् ।

प्रतिकृया