• 11:50 am

एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने

प्रकाशित मिति

२०७९ चैत्र १५ गते, बुधबार ०४:१७

१५ चैत्र २०७९, काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)ले तीनवटा मन्त्रालयको सुनिश्चितता नभएसम्म मन्त्रीको नाम नपठाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मागबारे आफूहरू प्रधानमन्त्रीको जवाफको प्रतिक्षामा रहेको बताए ।


“तीनवटा मन्त्रालय प्राप्त भइनसकेको र मन्त्रालयको टुंगो लागि सकेको छैन । हामी प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा छौँ । हामी तीन नाम दिन तयार भएर बसेका छौँ,” उनले भने ।


बैठक चलिरहेका बेला सम्मानित नेता झलनाथ खनालले पहिलो चरणमा पार्टीका उपमहासचिव प्रकाश ज्वालालाई पठाउने बताएका थिए । तर, खतिवडाले तीन मन्त्रालय नपाएसम्म नाम नपठाउने बताए ।

प्रतिकृया