• 2:02 am

नेकपा एसबाट पहिलो चरणमा प्रकाश ज्वाला मन्त्री बन्ने !

प्रकाशित मिति

२०७९ चैत्र १५ गते, बुधबार ०३:५३

१५ चैत्र २०७९, काठमाडौँ: नेकपा एकीकृत समाजवादीले सरकार विस्तारमा पहिलो चरणमा प्रकाश ज्वालालाई मन्त्री बनाउन सिफारिस गर्ने भएको छ । सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरूले पाउने मन्त्रालयको टुंगो प्रधानमन्त्रीले लगाएपछि मात्रै सरकारमा सहभागी हुन पार्टीले मन्त्रीको नाम पठाउने निर्णय गरेको जानकारी दिए ।


‘हामी सरकारमा सहभागी हुने हो तर तर कुन मन्त्रालय पाउने भन्ने भन्ने प्रस्ट टुंगो भइसकेको छैन । यसैले पहिले मन्त्रालय टुंगो लागेपछि मात्रै मन्त्रीको नाम सार्वजनिक गर्ने र प्रधानमन्त्रीलाई बुझाउने भन्ने भयो’ उनले भने ।


नेकपा एसले उपाध्यक्ष बेदुराम भुसाल पार्टीको तर्फबाट नेतृत्व गरी सरकारमा जाने अनौपचारिक निर्णय गरिसकेको छ । थप २ मन्त्रालय पाए प्रकाश ज्वाला र भानुभक्त जोशीलाई पठाउने तयारी उनीहरूको छ । पहिलो चरणमा प्रकाश ज्वालालाई सरकारमा पठाउने संकेत उनले गरे ।


आजै ३ बजे प्रधानमन्त्रीले फेरि सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक डाकेका छन् । यो बैठकमा पहिलो चरणमा बनाइने मन्त्रीबारे छलफल गर्ने र सपथ गराउने तयारी प्रधानमन्त्रीको रहेको बताइन्छ ।

प्रतिकृया