• 9:59 pm

उपप्रधानमन्त्री नारायणकाजीलाई गृह मन्त्रालयको जिम्मेवारी, एकीकृत समाजवादीकाे भागमा भौतिक पूर्वाधार

प्रकाशित मिति

२०७९ चैत्र १५ गते, बुधबार ०२:१५

१५ चैत्र २०७९, काठमाडौँ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चाहना अनुरुप मन्त्री श्रेष्ठ गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार भएका हुन्।


सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार एकीकृत समाजवादीको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेपछि मन्त्री श्रेष्ठले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने निश्चित भएको हो।

प्रतिकृया