सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग
प्रकाशित मिति
२०७९ चैत्र १३ गते, सोमबार ०५:१९

१३ चैत्र २०७९, काठमाडौँ : सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तर दायित्व अन्तर्गत अस्तित्व नेपाल फाउन्डेसनलाई १ लाख रकम सहयोग गरेको छ । अस्तित्व नेपाल, एक गैर नाफामुखी संस्था जस्ले २०१८ देखी एसिड तथा अग्नीजन्य हिंसा बिरुद्ध काम गर्दै आइरहेको छ साथ–साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरु पनि चलाउदै आइ रहेको छ । उक्त संस्थाको सद्भावनादूत प्रसिद्ध अभिनेत्री शिल्पामास्के रहेकी छिन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तर दायित्व अन्तर्गत बिभिन्न क्षेत्रहरुमा साथ सहयोग प्रदान गर्दै आइरहेको छ ।सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिकृया