मुम्बईले जित्यो वुमन्स प्रिमियर लिगको उपाधि
प्रकाशित मिति
२०७९ चैत्र १३ गते, सोमबार १०:४१

१३ चैत्र २०७९, काठमाडौँ: पहिलो संस्करणको वुमन्स प्रिमियर लिग(डब्लुपिएल) को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । महिला आईपिएलको रूपमा परिचित डब्लुपिएलको फाइनलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य मुम्बईले १९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका लागि ओपनर तथा कप्तान मेग लनिङ्गले ३५ रन बनाउँदा मरिजनीकापले १८ रन तथा सिखा पाण्ड्या र राधा यादवले समान २७-२७ रनको नटआउट इनिङ खेले ।
त्यस्तै, सफाली वर्माले ११ रन बनाएकी थिइन्। मुम्बईका लागि इसी वङ्ग र हेली म्याथ्युले समान ३-३ विकेट लिँदा अमेली केरले २ विकेट हात पारेकी थिइन् । १ सय ३२ रनको मध्यम स्कोर पछ्याएको मुम्बईले ३ बल बाँकी हुँदा लक्ष्य पूरा गर्यो । उसका लागि नट साइभर ब्रन्टले सर्वाधिक ६० रनको नटआउट अर्धशतकीय इनिङ खेलिन्। त्यस्तै कप्तान हरमनप्रित कौरले ३७ रन बनाउँदा अमेलीया केर १४ रनमा नटआउट रहिन् ।
प्रतिकृया