• 1:20 pm

६५ प्रतिशत सम्मको छुटसहित बिजबजारको ‘ब्राण्ड विक’ सुरु

प्रकाशित मिति

२०७९ चैत्र १२ गते, आईतवार ०५:३०

चैत १२, २०७९, काठमाडौँ : ई-कमर्स प्लेटफर्म बिजबजारले आफ्नो पहिलो ‘ब्राण्ड विक’ अभियान ‘शप स्मार्ट, सेभ बिग’ ट्याग लाइन सहित चैत्र ८ गते देखि सुरु गरेको छ । सो अभियान चैत्र १४ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ । उक्त अभियान अन्तर्गत ग्राहकहरूले निम्न अनुसारका ब्राण्डहरूमा ६५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् :


  1. Bella Vita – Up to 20%
  2. Konka – Up to 33%
  3. Rangoli – Up to 65%
  4. Goldstar – Up to 20%
  5. Neptrends Ecommerce Pvt. Ltd – Up to 40%
  6. Mum Love – Up to 50%
  7. My Power – Up to 20%
    ब्राण्ड विकका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार शपिङ्ग’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप-टप वा डेस्क-टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

प्रतिकृया