आफ्नो भ्रमणलाई ‘सवारी’ नभनिदिन राष्ट्रपति पौडेलद्वारा आग्रह
प्रकाशित मिति
२०७९ चैत्र १२ गते, आईतवार ०४:५८

१२ चैत्र २०७९, काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् । आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा संग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले आफ्नो भ्रमणलाई सवारी शब्द प्रयोग नगर्न आग्रह गरेका हुन्।
सवारी शब्दको ठाउँमा आवागमन शब्द प्रयोग गर्न उनले सुझाए। राष्ट्रपति पौडेलले भने,‘सवारी शब्दको रुढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रुपमा लिइन्छ। त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरे पनि भ्रमणको सन्दर्भमा सवारी शब्द प्रयोग नगरौँ।’
गणतन्त्र र राजतन्त्रको राष्ट्राध्यक्षबीच फरक हुने भन्दै पौडेलले आफूले यस्ता विषय राष्ट्रपति चुनावकै बेलादेखि हेक्का राख्दै आएकोसमेत बताए । राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्वर्द्धन गर्ने आफ्नो प्रमुख जिम्मेवारी र कर्तव्य रहेको पौडेलले उल्लेख गरे।
प्रतिकृया