• 11:39 pm

सांसद सोबिता गौतमको प्रश्न – तीनकुनेमा कहिले पार्क बन्छ ?

प्रकाशित मिति

२०७९ चैत्र १२ गते, आईतवार ०२:५८

१२ चैत्र २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले काठमाडौँ महानगरस्थित तीनकुनेमा रहेको जग्गाको मुआब्जा विवाद कहिले समाधान हुन्छ भनी प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्दै सांसद गौामले भनिन्, ‘सरकारले ४८ वर्षअघि अधिग्रहण गरे पनि पार्कका लागि संरचना बनाउन किन सकेन ?’


उक्त जग्गामा भएको असली विवाद समाधान नगर्ने सरकारको कस्तो नीति भन्दै उनले संसदमा प्रश्न गरिन् । सम्बन्धित जग्गाधनीले मुआब्दा पाउन नसकेका भन्दै उनले सोधिन्, ‘उच्चस्तरीय विदेशी पाहुना आउँदा मात्र लिपपोत गर्ने र बोट बिरुवा रोपेजस्तो गर्ने ?


उनले भनिन्, ‘उक्त जग्गाको मुआब्जा विवाद समाधान गर्नुपर्‍यो।’

प्रतिकृया